सुत्नु अघि सुपा देउरालिको माताको दर्शन गर्दै भोलि पौष ३ गतेको राशिफल पढ्नुहोस
1 min read
आज श्री शाके १९४२ बि.स.२०७७ साल पौष २ गते बिहीबार इश्वी सन २०२० डिसेम्बर १७ तारीख मार्गशीर्ष शुक्लपक्ष प्रतिपदा तिथी मूल नक्षत्र गण्ड योग तैतिल करण चन्द्रमां धनु राशिमा आनन्दादि योगमा छत्र योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋतु मसान्त (ज्यो.प.सरोज घिमिरे)
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्य कुसलतालको क्षेत्रबाट मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनोरञ्जनमुलक यात्रा को सम्भाबना रहेकोछ । भौतिक शुःख साधन प्राप्त हुने योग रहेकोछ । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । भोगबिलासीताका साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । वाणिमा मधुरता छाउनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) कार्य क्षेत्रमा लगाईएको कर्मको प्रतिफल प्राप्तीका निम्ती सामान्य प्रतिक्क्षा गर्नु पर्नेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाम्पत्य सम्बन्ध बिच सामान्य मनमुटाब रहला । बाणी तथा स्वास्थका क्षेत्रमा ध्यान दिएको बेश हूनेछ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) खुशिको खवरको श्रवणले मन प्रशन्न रहला ।स्तान्तरण को योग रहको छ । पारीवारीक सम्बन्ध सुमधुर रहनेछ । ब्यापार ब्यबसायका निम्ती समय उत्तम रहेको छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । शारिरीक आलस्यताका कारण कार्य सम्पादनमा सामान्य ढिलाईको योग रहकोछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) समयको सदुपयोग गर्न नसक्नाले मित्रजनहरु बिच पछि परीने योग रहेकोछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । खर्च नियन्त्रण गर्न गारो पर्न सक्ला । आफन्त जनह? टाढिन सक्छन । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लगनसिलता अनुरुप फल प्राप्ती नहुनाले मनमा खिन्नता बोध हुनेछ । सहि निर्णय गर्न नसक्नाले सामान्य अप्जस सहनु पर्ला । मानसिक चन्चताले बिद्या असफल रहला । मित्र जनको सहयोग बाट मन प्रशन्न रहला । नयाँ कामको थालनि हुन सक्छ । बोलिको कारण साथि भाई टाढिन सक्छन ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) पारीवारीक शुख प्राप्त रहनेछ । मेहेनत को रामा्रे फल प्राप्त हु्नेछ । खानपानमा बिशेष ध्यान दिनुहोला । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ । भोगबिलासीताका क्षेत्रमा मन जानेछ । हतासमा गरीएका निर्णयले असफल बनाउन सक्नेछ । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) समयको सदुपयोग गर्न नसक्नाले मित्रजनहरु बिच पछि परीने योग रहेकोछ । कामको क्षेत्रमा सामान्य ढिलाई रहन सक्छ । यात्रामा सामान्य झन्जट आउन सक्छ । बल तथा पराक्रम बृद्धि हुने छ । आम्दानि क्षेत्र उत्तम रहने योग रहेको छ । मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता सहनु पर्ला ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) दाजुभाई बिच मनमुटाब रहन सक्ला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । भोगबिलासमा समय ब्यतित हुनेछ । कार्य सम्पादनमा गोप्यताको आवश्यक रहनेछ । मालसामान हराउन सक्ला । मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) मान्यजनको साथ सहयोग प्राप्त होला । दाम्पत्य जिवन शुखमय बित्नेछ । बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । कार्यक्षेत्रमा लगाईएको लगन शिलताको कदर हुनाले सामान्य मान सम्मान प्राप्तीको योग रहेकोछ । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) अनावश्यक क्षेत्रमा सन्चित रकम खर्चको योग रहेको छ । मालसामान हराउन सक्ला । नयाँ कामको थालनि नगरे कै बेश होला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत साधनको प्रयोगका क्षेत्रमा समय ब्यतित रहनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) आम्दानि क्षेत्रमा बृद्धि हुने योग रहेको छ । गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ । अध्यन अध्यापनका क्षेत्रमा प्रयोग गरीएको समयले साथ दिनेछ । कुराकाट्ने हरुको बृद्धि हुनेछ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) बिद्या प्राप्ति को योग रहेको छ । पारीवारिक झमेला ले सताउनेछ । सहि समयमा सहि निर्णय गर्न सकिने छ । सामान्य बादबिवादमा फस्न सकिनेछ । सामाजिक कार्यका क्षेत्रमा हाल नहालेकै बेश रहनेछ । नयाँ कार्य क्षेत्रको लागी लगानि गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।
साप्ताहिक राशिफल हेर्नुहोस : मंसिर २८ गते आईतबारदेखी पौष ०४ गते शनिबारसम्मको
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आफन्त तथा अपरिचीत व्याक्तिको विस्वास गर्नाले धोका पाईनेछ । स्वास्थ्यमा समस्या आउँने तथा उपचार खर्च बढेर जानेछ । दैनिक खर्च बढ्ने तथा आर्थिक व्यावस्थापन गर्न नजान्दा दिन प्रतिकुल बन्नेछ । तरपनि विदेशी सामानको व्यापार तथा विदेशी सस्थामा काम गर्नेहरुको लागी समय उत्तम रहेकोछ । सोमबार दिउसोबाट समय राम्रो रहेकोले नयाँ प्रबृधिको प्रयोग मार्फत रचनात्मक काम गरी धन आर्जन गर्नेछ । आफन्त तथा कुटुम्बको धन परिचालन गरेर आम्दानी बढाउँन सकिनेछ । बिछोड भएका सम्बन्धहरु पुनह सुचारु हुनेछन् । आफन्त तथा अग्रजहरुको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नी बीच बिश्वास बढ्नेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
साताको सुरु र अन्तको समय राम्रो रहेकोले राजनितिमा सबैलाई मिलाएर लान सकिने हुँदा पद प्राप्तीको योग रहेकोछ । परिवारका साथ मिठो मसिनो भोजन गर्ने अवसर जुर्नेछ । समाजमा राम्रा काम गर्न सकिने हुँदा ईज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । बन्द व्यापार फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने हुनाले मन प्रशन्न रहनेछ । नयाँ प्रबृधिको प्रयोग मार्फत आम्दानी बढाउँन सकिनेछ । सोमबार दिउसोबाट बुधबार साझसम्मको समय मध्ययम रहेकोले आफन्त तथा साथी भाईबाट टाडिनु पर्दा मन खिन्न हुनेछ । धोका दिने तथा आषा देखाउँनेहरु सक्रिय हुनेछन् । कार्यक्षेत्रमा आलोचना गर्नेहरुबाट सजक रहनुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला औषधी उपचार खर्च बढ्ने योग रहेकोछ । तरपनि यात्रा हुने तथा विदेशी सामानको व्यापार फस्टाएर जानेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । पैत्रिक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउँन सकिनेछ । आफन्त तथा घरपरिवारका ईच्छा आकांक्षाहरु पुरा गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा भेटघाटलाई कम गर्नु नै राम्रो रहेनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीको सहयोग पाईने हुनाले राम्रा काम गर्न सकिनेछ । बिहीबारबाट समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेकोछ । माया प्रेममा अविश्वास बढ्ने तथा परिवारका अग्रज व्याक्तित्वसँग राय बाजिनेछ । तरपनि विदेशी सामानको व्यापार व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
साता राम्रो रहेकोले धर्म तथा अध्यात्म क्षेत्रमा बिशेष रुची बढ्नेछ । दार्शनिक विषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ । दाम्पत्य सुख,प्रेम सम्वन्ध तथा पारिवारिक सम्वन्ध सुमधुर हुनेछ । बौद्धिक,प्राज्ञिक तथा सिर्जनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । व्यापार व्यावसायबाट सामान्य आम्दानी हुनेछ भने आम्दानीका नयाँनयाँ स्रोतहरु पहिल्याउँन सकिनेछ । विभिन्न अवसरले पछ्याउँने तथा रोजगारि पाउँने समय रहेकोछ । भौतिक तथा भोगविलासका सामानहरु प्राप्त हुँनेछन् । अध्यनमा प्रगती हुनेछ भने विद्यार्थि वर्गका लागी समय फलदायी रहनेछ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्वन्धले आगामी दिनहरुमा विवाहरुपी निकास पाउँने योग रहेकोछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
सोमबार बिहानसम्मको समय मध्ययम रहेकोले अल्छि गर्ने बानिले काम बाकी रहनेछ भने शरिर स्वास्थ्य नहुनाले आलस्यता बढेर जानेछ । संकट व्यावस्थापनमा चालिएका कदमहरु निअर्थक हुनेछन् । गोप्य योजनाहरु बाहिरिन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदिबहिनीहरुले पनि सहयोग गर्ने छैनन । सोमबार दिउसोबाट सामाजिक तथा परोपकारी काममा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । व्यापारमा गरीने लगानीबाट भविस्यमा राम्रो नाँफा कमाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो प्रगती गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । राजनीतिज्ञले जनताको काम गरी पद प्राप्त गर्ने समय रहेकोछ । प्र्रेमील जोडीहरुका लागी समय उत्तम रहेकोछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
साताको सुरु र अन्तको समय राम्रो रहेकोले व्यापारमा सामान्य प्रतिफल हात पार्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने जीवन साथिको सहयोग पाईनाले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा नतिजा आफैतिर ल्याउँन सकिनेछ । अतिथिको रुममा सम्मान पाईनुको साथै रमाईलो घुमघामको समेत अवसर आउनेछ । सोमबार दिउसोबाट बुधबार साझसम्मको समय मध्ययम रहेकोले खानपान तथा मौसमको ख्याल नगर्नाले स्वास्थ्यमा समस्या आउँन सक्छ । कार्यक्षेत्रमा आलोचना गर्नेहरु बढ्ने तथा काम बिग्रने भएले सताउँनेछ । व्यापार व्यावसायमा मन्दी आउँने तथा आम्दानी घट्नाले दैनिकी प्रभावित हुनेछ । प्रेममा धोका हुन सक्छ ध्यान दिनुहोला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
घरायसि सेवा सुबिधाको उपयोग गरी अगाढि बढ्न सकिनेछ । आफन्त तथा साथिभाईको सहयोग पाईने योग रहेकोछ । व्यापारमा सामान्य आम्दानी गरी आर्थिक अवस्था सुदृड बनाउन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ भने बिपरित लिङगको सहयोगले राम्रा काम गर्न सकिनेछ । बिलाशी बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । बिहीबारबाट समय मध्ययम रहेकोले व्यास्तता बढेपनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरि महसुस हुनेछ । खानपान तथा वाहिरी वातावरणको ध्यान दिनुहोला । गोप्यता भङग हुने तथा आफन्तसँग विवाद बढ्नेछ । तरपनि धर्ममा आस्था तथा विस्वास राख्नेहरुका लागी समयले साथ दिनेछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
प्रतिस्पर्धी तथा सहपाठीहरुलाई किनारा लगाउँदै पढाइ लेखाइमा नतिजा हात पार्न सकिनेछ । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । रोकिएर बसेका काम बन्ने तथा स्वास्थ्य सम्वन्धी समस्या झेल्नेहरुले मुक्ति पाउँने समय रहेकोछ । दाम्पत्य सम्बन्ध तथा प्रेम सम्बन्ध सुखि रहनेछ । मामा तथा मावली पक्षबाट सहयोग पाईनेछ । फेन्सी तथा विलाशी वस्तुको व्यापारबाट मनग्गे आम्दानी हुनेछ । एकल तथा साझेदारी व्यावसायमा लगानी बढाउँन सकिनेछ । साथि संगि तथा ईष्ट मित्रबाट उपाहार प्राप्त हुने योग रहेकोछ । माया प्रेममा नजिक हुन सकिने तथा पति पत्नी विच विश्वासको वातावरण बढेर जानेछ । पढाइ लेखाइमा मन जाने तथा अरुलाई पछी पार्दै नतिजा आफुतिर ल्याउँन सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
सोमबार बिहानसम्मको समय मध्ययम रहेकोले घरजग्गा तथा सवारी साधनको विषयमा विवाद गर्नुपर्ला । राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना नै धेरै हुनेछ । आफ्नै भन्नेहरुले आश्वासन बाड्ने तथा समयमा काम नगर्दिनाले समस्या पैदा हुनेछ । मन परेको मानिससँग टाडिनु पर्दा मन मुटुमा जलन पैदा हुनेछ । सोमबार दिउसोबाट समय राम्रो रहेकोले वौद्धिक व्याक्तीत्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगी बढी नतिजा आफैतिर ल्याउँन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतीमा मन रमाउँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
साताको सुरु र अन्तको समय राम्रो रहेकोले उद्योग तथा उत्पादन मुलक क्षेत्रमा लगानी गरी आम्दानी बढाउँन सकिनेछ । लेखन,कला तथा साहित्यको क्षेत्रमा कलम चलाउँनेहरुका लागी समय फलदायी रहेकोछ । प्रेममा सामिप्यता बढेर जानेछ । आट शाहस तथा पराक्रममा बृद्धि भएर जाने हुनाले पुरुशार्थि काम गरेर नाम तथा दाम दुवै कमाउँन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । सोमबार दिउसोबाट बुधबार साझसम्मको समय मध्ययम रहेकोले राजनीति तथा सामाजिक काममा हतारमा निर्णय गर्दा आलोचना हुनेछ । आफन्त तथा परिवारलाई समय दिन नसक्दा तपाईदेखी रिसाउँनेछन् । तरपनि अन्य व्यापार व्यावसायमा मन्दी आउँने भएपनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
अध्ययनमा तपाईको नाम अग्र स्थानमा आउँनेछ भने माया प्रेममा सामिप्यता बढेर जानेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । व्यापार व्यावसायबाट सामान्य आम्दानी हुनेछ । बिभिन्न अवसरको सदुपयोग गर्दै मनग्गे भनेजस्तो लाभ लिन सकिनेछ । आफन्त तथा कुटुम्ब सँगको बसाईमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिहीबारबाट समय मध्ययम रहेकोले राजनीति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला आलोचन गर्नेहरु सक्रिय हुनेछन् । बिरोधीहरुको सक्रियता बढ्ने हुदा काम गर्दा ध्यान दिनुहोला । भौतिक सम्पती तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न । अनाबश्यक टिका टिप्पणीमा समय व्यातित हुनेछ । आहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउँनेछ । तापनी कृषि तथा पशुपालन व्यावसायबाट लाभ उठाउँन सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
समाजसेवा तथा राजनीतिमा चासो बढ्ने तथा जनताको काम गर्न सक्दा पद प्राप्तीको योग रहेकोछ । सापटी लगिएका धन तथा सम्पती फिर्ता हुने योग रहेकोछ । गित संगित तथा मोडलिङ पेशा व्यावसायमा समय खर्चिनेहरुका लागी समय फलदायी रहनेछ । परिवारका साथ मिष्ठान्न भोजन ग्रहण तथा रमाईलो गर्ने अवसर जुर्नेछ । छोटो दुरिको यात्राको तय गर्न सकिनेछ । प्रविधिको प्रयोग गरी रचानात्मक काम गरी धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा सफलता हात पार्न सकिनेछ भने पहिले गरीएका कामहरु उपलव्धीमुलक बन्दै जानेछन् । नयाँ काम गर्न सकिने तथा सहयोग र समर्थन गर्नेहरु प्रशस्त भेटिनेछन् ।
तपाईँको दिन शुभ रहोस ।