नेपाली कांग्रेसका सांसद दीपक गिरीले दुई प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा(एमाले)का बिचमा भएको संवादबाट कोही चिन्तित हुनु नपर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गिरीले नेपाली कांग्रेस र नेकपा(एमाले)का शीर्ष नेताहरूबिच सुरु भएको सघन संवादले आशाको सञ्चार गरेको बताएका हुन् । नेपाली कांग्रेसका सांसद दीपक गिरीले दुई प
हेर्नुहोस् २०८१ असार १७ गते सोमवारको भाग्यफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । शुभारम्भको चर्चा चल्नेछ । कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) आज कुनै कुराले मनमा शान्ति छाउला […]
हेर्नुहोस् नयाँ खुल्ने IPO हरु
नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ प्रक्रियामा रहेको रिलायन्स स्पिनिङ मिल्सको आइपिओ स्वीकृत गरिने छ। को को भर्नुहुन्छ?
कोहलीद्वारा टी–२० अन्तर्राष्ट्रियबाट संन्यासको घोषणा
टी–२० विश्वकपको उपाधि जितेसँगै भारतीय क्रिकेट टोलीका स्टार ब्याट्सम्यान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रियबाट संन्यासको घोषणा गरेका छन् । फाइनल खेलमा कोहलीले भारतको जितमा नायकको भूमिका खेलेका थिए । उनी प्लेयर अफ द म्याच घोषित भए । यसअघि विश्वकपका ७ खेलमा उनको कुल स्कोर ७५ रन थियो । फाइनलमा उनी एक्लैले ७६ रनको इनिङ्स खेलेका थिए […]
दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो टी-२० विश्वकपको उपाधि
१५ असार, काठमाडौं – भारतले आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि जितेको छ । भारतले सन् २००७ पछि पहिलो पटक टी२० विश्वकप उपाधि जितेको हो । १७७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १६९ रन बनायो । दक्षिण अफ्रिकाका हेनरिक क्लासेनले २७ बलमा २ […]
पल्टियो बस : एकजनाको मृत्यु, ८ घाइते
रौतहट, १५ असार । रौतहटको जयनगर चोक नजिकमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ यात्रु घाइते भएका छन् । शनिबार बिहान गौर चन्द्रपुर सडकखण्डअन्तर्गत गरुडा नगरपालिका वडा नम्बर-१ स्थित जयनगर चोकमा पौन्य आठ बजेतिर बस सडकमै पल्टिएको हो । दुर्घटनाको खबर पाउन साथ इलाका प्रहरी कार्यालय गरुडा र शिवनगरबाट […]
खुट्टाले लेखेरै SEE Pass: ऋषिराम कँडेल
खुट्टाले लेखेरै SEE Pass: गुल्मीको श्रृङ्गा जनता माविका ऋषिराम कँडेलले खुट्टाले लेखेरै 3.37 GPA सहित एसईई उत्तीर्ण गरेका छन्। उनको खुट्टाको २ वटा औंला बाहेक अरु हात खुट्टाका औंला चल्दैनन्।
देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छ : प्रधानमन्त्री
२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड । भरतपुर (चितवन), असार १५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धानमा मात्र नभई देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताउनुभएको छ । भरतपुर महानगरले आज यहाँ आयोजना गरेको २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ कार्यक्र
नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त बेचन झा पक्राउ
१५ असार, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त बेचन झा पक्राउ परेका छन् । शुक्रबार राति प्रहरीले झालाई पक्राउ गरेको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पतालमा लगिएको छ । उनलाई नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । झाले भुटानी शरणार्थी सम्बन्धी मन्त्रिपरिषदबाटै निर्णय गराउने भन्दै रकम असुल [
हेर्नुहोस् आफ्नो रासिफल हजुर कति भाग्यमानी हुनुहुन्छ
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) ज यात्रामा मालसामान हराउने र मनमा निराशा आउला । प्रेममा मनमुटाव पनि आउन सक्छ, तर साँझमा यात्राको योजना बन्नेछ मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) आज गरेको कार्यमा सफलता मिल्नेछ । शैक्षिक र वैदेशिक क्षेत्रको काम […]