काठमाडौं । बाढीपहिरो र डुबानले तहसनहस बनाएको बीपी राजमार्ग आजदेखि सञ्चालनमा आउँदैछ । पूर्वी नेपालको सबैभन्दा महत्वपूर्ण रणनीतिक राजमार्ग असोज ११ गतेको वर्षा र बाढीले तहसनहस भएको थियो । बाढी र पहिरोले तहसनहस भएको बीपी राजमार्ग अस्थायी रुपमा बनाइसकेर आजदेखि पुनः सञ्चालनमा आउने भएको हो । बिहान १० बजेदेखि गाडीहरू निर्वाध रूपमा चलाउन सकिने [&hell
बाढीपहिरोमा परेर २१८ जनाको मृत्यु, २७ बेपत्ता ।
काठमाडौँ- गृहमन्त्री रमेश लेखकले बाढीपहिरामा परी देशभर २१८ जनाको मृत्यु, २७ बेपत्ता र १४३ जना घाइते भएका जानकारी दिँदै विपद्पछिको प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पारेका छन्। प्रतिनिधिसभा राज्यव्य तथा सुशासन समितिको आजको बैठमा उनले विपद्मा परेका नागरिकको खोज तथा उद्धार र राहतमा सरकार केन्द्रित भएको बताए। &nb
डेढ अर्ब रुपैयाँ भ्रष्टाचारको मुद्दाले निगमका कर्मचारीमा भागाभाग, तीन वटा जहाज खरिद प्रक्रिया अलपत्र
काठमाडौँ । नेपाल वायुसेवा निगमले अघि बढाएको तीन वटा ट्वीनअटर जहाज खरिद प्रक्रिया बिचमै रोकिन पुगेको छ । खासगरी यसअघिको वाइडबडी जहाज खरिदमा करिब डेढ अर्ब भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीसहित ३२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेसँगै निगमको नयाँ जहाज खरिद प्रक्रिया बिचमै प्रभावित बन्न पुगेको हो । २०८०
रमितेका ८ घर पहिराको उच्च जोखिममा ।
काठमाडौँ- संखुवासभा सदरमुकाम खाँदबारी नगरपालिका–५ रमितेका आठ घर पहिराको उच्च जोखिममा परेका छन्। गाउँमाथिबाट जमिन चिरिएर लगातार पहिरो खसिरहेको र वर्षा भइरहेकाले रमेतेका घरहरू जोखिममा परेका हुन्। पहिरो गएको ठाउँमा दुई वटा ठूला ढुंगा रहेकाले पहिरासँगै ढुंगा खस्ने खतरा बढेको स्थानीय रामबहादुर गुरुङले बताए। पहिराका कारण दिनरात त्रास बढेको गुनासो
‘स्टुडेन्ट भिसा’मा विदेश जाने होड– एक वर्षमै १ लाख १२ हजार विद्यार्थीले लिए एनओसी
गत आर्थिक वर्ष (२०८०/०८१)मा वैदेशिक अध्ययनका लागि १ लाख १२ हजार ५९३ जनाले अनुमतिपत्र ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिएको पाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार २०८० साउन १ देखि २०८१ असर ३१ सम्म कुल ६६ देशका लागि १ लाख १२ हजार ५९३ जनाले एनओसी पाएका हुन्, जसमध्ये प्रायजसो जापान, अमेरिका, […
काठमाडौँबाट पोखरा उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि…
काठमाडौँ । काठमाडौँबाट पोखरा उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको उक्त विमानको इन्डिकेटरमा समस्याको सङ्केत देखिएपछि विमान चालकले काठमाडौँ फर्काएर सुरक्षित अवतरण गराएका छन् । बुद्ध एयरका अनुसार उडान नम्बर ६५५ विमानमा प्राविधिक समस्या आउनासाथ काठमाडौँ फर्काउने निर्णय भएको हो । फ्लाइट राडरक
बालाजुमा एटीएम मेसिन फुटाउँदै गर्दा एक युवक पक्राउ ।
काठमाडौं । बालाजुमा एटीएम मेसिन फुटाउँदै गर्दा एक युवक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१६ स्थित बालाजु चोकमा रहेको एटीएम मेसिन फुटाउने क्रममा रौतहटको यमुनामाई गाउँपालिका–१ घर भएका १८ वर्षिय राधेश्याम बैठा पक्राउ परेका हुन् । आइतबार माछापुच्छ्रे बैंक लिमिटेडको एटीएम फुटाउँदै गर्दा प्रहरीले उनलाई समातेको हो । प्रहरीले बैठाको साथबाट फल
झापामा नौ सय ४० जनालाई रोजगारी।
भद्रपुर, साउन १० । आर्थिक वर्ष २०८०/८१ मा झापामा नौ सय ४० जनालाई प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत औसत ७८ दशमलव ६८ दिनको रोजगारी प्रदान गरिएको छ। अदक्ष श्रमिकलाई ७३ हजार नौ सय ६३ दिन रोजगारी दिइएको हो। भद्रपुर नगरपालिकाका रोजगार संयोजक टीकाराम पाण्डेका अनुसार जिल्लाका १५ वटै स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत रोजगारीको व्यवस्था भएको
दुर्घटनामा ज्यान गुमाएका आफन्तहरूको रुवाबासी ।
काठमाडौं- महाराजगन्जस्थित टिचिङ शिक्षण अस्पतालमा सौर्य एयरको विमान दुर्घटनामा ज्यान गुमाएका आफन्तहरूको रुवाबासी ।।रोकिएनन आँसुहरु ।
तामाङ समुदायबाट पहिलो र एक्लो मुख्यमन्त्री ।
बागमती । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा(तामाङ) बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्रीमा नियुक्त गरे । नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा विसं २०२७ कात्तिक ८ गते जन्मिनुभएका नवनियुक्त मुख्यमन्त्री लामा बागमती प्रदेशक